मंगलवार ललितपुरमा प्रगतिशील इन्जिनियरिङ एशोसिएशनको राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूहरु समृद्ध नेपाल, सुखी नेपालीको सपनालाई साकार पार्ने सङ्कल्पका साथ अघि बढिरहेको भएपनि विरोधीहरु सपना साकार पार्न नदिन लागि परेको उल्लेख गरेका हुन ।
देश विकासका लागि तय गरिएका नीतिहरु कसरी प्रभावकारी र छिटो कार्यान्वयन गर्ने भन्नेकुरामा आफ्नो ध्यान रहने उनले उल्लेख गरे । प्रधानमन्त्री ओलीले भने , "हामीले समृद्ध नेपाल, सुखी नेपालीको सपनालाई साकार पार्ने सङ्कल्प बोकेका छौँ । हामीले देशको विकास गर्नुपर्नेछ । अनावश्यक कुरामा हामीलाई अल्झाउन खोज्छन्, हाम्रो ध्यान डाइभर्ट गर्न खोज्छन् । हामी आफ्ना विषयमा, आफ्ना काममा केन्द्रित हुन्छौँ । र आफ्ना देश विकासका लागि तय गरिएका नीतिहरु कसरी प्रभावकारी र छिटो कार्यान्वयन गर्ने भन्नेकुरामा हाम्रो ध्यान छ ।"