कात्तिक ३ गते २०८३ || October 19, 2026

एसइई दिने विद्यार्थीलाई काठमाडौँ महानगरबाट यातायात सुविधा


शुक्रबार, चैत १५ २०८१११:०६

एसइई दिने विद्यार्थीलाई काठमाडौँ महानगरबाट यातायात सुविधा

काठमाडौँ महानगरपालिका भित्र केन्द्र रहेका एसइई दिने विद्यार्थीलाई  गन्तव्यसम्ममा पुग्न सवारी साधन उपलब्ध नभएमा काठमाडौँ महानगरले व्यवस्था गरेको जनाएको छ ।

सवारी साधन प्रयोगका लागि महानगरले निम्न व्यक्ति र नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ । महानगरका अनुसार बानेश्वर क्षेत्रमा नगर प्रहरी उपरीक्षक दिनेशकुमार अर्याल सम्पर्क नम्बर ९८५१०६८०९६, रत्नपार्क क्षेत्रबाट नगर प्रहरी उपरीक्षक मनोजप्रसाद लामिछाने 

 सम्पर्क नम्बर ९८५१०९३१७६, नयाँ बसपार्क क्षेत्रबाट नगर प्रहरी उपरीक्षक पूर्णचन्द्र भट्ट सम्पर्क नम्बर ९८५१२३३६३३  त्यस्तै गरी टेकु क्षेत्रबाट नगर प्रहरी उपरीक्षक प्रकाश पण्डित सम्पर्क नम्बर ९८५१०५६३४६ मा सम्पर्क गरी सवारी साधन प्रयोग गर्न सक्ने व्यवस्था गरेको छ । 

त्यस्तै गरी कुनै समस्या परेमा महानगरको हटलाइन नम्बर ०१–५९०१७६४ र ९८५१३५६५०९ मा सम्पर्क गर्न अनुरोध गरेको छ । 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend