शुक्रवार म्यानमारको मण्डले क्षेत्रमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प र त्यसपछि केही मिनेटमै ६.४ म्याग्निच्युडको परकम्प गएको थियो । जसले धेरै देशहरूमा ठुलो हताहत र क्षति पुर्याएको छ। शनिवारसम्म विपत्तिले म्यानमारमा मात्र १ हजार २ जनाको मृत्यु भएको छ, २ हजार ३७६ जना घाइते भएका छन् । ३० जना बेपत्ता रहेको देशको राज्य प्रशासन परिषद्को सूचना टोलीले रिपोर्ट गरेको छ । भूकम्पको केन्द्रबिन्दु १५ लाख जनसङ्ख्या भएको देशको दोस्रो ठुलो सहर मण्डलेबाट लगभग २० किलोमिटर टाढा मात्र थियो ।