असोज २९ गते २०८३ || October 15, 2026

सुनको भाउले लगातार बजारमा नयाँ रेकर्ड बनाइरहेको अवस्था


सोमबार, चैत १८ २०८१११:५८

सुनको भाउले  लगातार  बजारमा नयाँ रेकर्ड बनाइरहेको अवस्था

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्ने क्रम जारी रहेपनि नेपाली बजारमा पनि प्रभाव परिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंसत  मूल्य ३ हजार १ सय अमेरिकी डलर नाघेको छ ।
नेपाली बजारमा सोमबार भाउ प्रतितोला १ लाख ७७ हजार ९ रुपैयाँ पुगेको छ, जुन मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिनको तुलनामा आज ११ सय रुपैयाँ बढेको हो । आइतबार प्रतितोला १ लाख ७६ हजार ८ सयमा सुनको कारोबार भएको थियो। सुनको भाउले तीन दिनदेखि लगातार नयाँ रेकर्ड बनाइरहेको छ । 

त्यस्तै ,
चाँदीको मूल्य १० बढेको छ । अघिल्लो दिन प्रतितोला २ हजार २५ रुपैयाँ रहेको चाँदी, आज २ हजार ३५ रुपैयाँ ले कायम भएको छ ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend