कात्तिक ३ गते २०८३ || October 19, 2026

प्रधानमन्त्री केपी शर्मा ओली मित्रराष्ट्र थाइल्यान्ड प्रस्थान


मंगलबार, चैत १९ २०८१०३:५८

प्रधानमन्त्री केपी शर्मा ओली मित्रराष्ट्र थाइल्यान्ड प्रस्थान

प्रधानमन्त्री केपी शर्मा ओली मित्रराष्ट्र थाइल्यान्ड प्रस्थान गर्नुभएको छ । थाइल्यान्डको औपचारिक भ्रमण र बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुने प्रधानमन्त्री ओली मङ्गलबार दिउँसो त्यसतर्फ प्रस्थान गर्नुभएको हो । प्रधानमन्त्री ओलीले कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्षपछि नेपालको पहिलो पटक थाइल्यान्डको औपचारिक भ्रमण गर्न लाग्नुभएको हो। प्रधानमन्त्री ओलीले बिस्टेक शिखर सम्मेलनलाई चैत २२ गते सम्बोधन गर्नुहुने छ र सम्बोधन लगत्तै बाँकी मुलुकका नेताहरूसँग सम्भव भएसम्म साइड लाइन वार्ता गर्नुहुने छ ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend