कात्तिक ३ गते २०८३ || October 19, 2026

लुटको स्वर्ग मच्चाएकाहरुलाई अब नागरिकले नर्कमा पठाउने बेला भयो’ : प्रभु साह


मंगलबार, चैत १९ २०८१०४:२६

लुटको स्वर्ग मच्चाएकाहरुलाई अब नागरिकले नर्कमा पठाउने बेला भयो’ : प्रभु साह

आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले)ले सडकमा तमाशा देखाईरहेको टिप्पणी गरेका छन् । असफल भईसकेका प्रधानमन्त्री केपी शर्मा ओली सत्तामा बसेर सडकबाट तमाशा गरिरहेको उनले बताए ।

आजपा पर्साद्धारा आज वीरगंजमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष साहले एमालेको सडक प्रदर्शनले अराजकताको हद नाघेको टिप्पणी गरेका छन् ।

एमाले निकट युवा संगठनले सोमबार काठमाडौंको तीनकुनेमा मोटरसाईकल र्याली निकालेपछि उनले एमालेले राजा छैन भन्ने अनि राजाको विरुद्धमा सडकमा बाईक र्यालीको नाममा गुण्डाहरुको ताण्डव देखाईरहेको बताए ।

‘एमाले, कांग्रेस, माओवादी केन्द्रहरुले उक्साएर राजा ल्याउन खोजेका छन् । हुदैनभएको राजाको बिरुद्धमा किन नाटक गरेका होलान ? राजावादी र दुर्गा प्रसाईहरुलाई काँधमा बोक्ने नै केपी शर्मा ओलीहरु हो’, आम जनता पार्टीका अध्यक्ष साहले भने, 

एमालेको नेतृत्वमा नक्कली व्यक्ति पुगेपछि देशमा अराजकता मच्चिएको बताउदै उनले देशलाई अस्थितार र अन्धकारमा धेकेल्ने काम स्वयम केपी ओली नेतृत्वको सरकारले गरेको बताए ।

‘एमाले र ओलीलाई देश दुख्दैन्, आफ्नो फाइदाको लागि चरित्र धुमिल पारेको पुष्टि भयो । देशमा यत्रो आतंक सिर्जना गराएर केपी ओली आजबाट विदेश शयरमा निस्किँदैछन्’, उनले भने। 

लुटको स्वर्ग मच्चाएकाहरुलाई अब नागरिकले नर्कमा पठाउने बेला भयो’ उनले भने ।
लुटकारी दलतन्त्र बिरुद्ध २४ चैतमा काठमाडौंमा हुने तेस्रो जनआन्दोलनको तयारीका लागि रौतहट, बारा र पर्सामा आयोजित कार्यक्रमका लागि मधेस झरेका साहले भ्रष्ट, लुटेरा, दलाल नेताहरुका कारण मुलुक समृद्ध नभएको बताउदै तेस्रो जनआन्दोलनमा सहभागिताका लागि आह्वान समेत गरे ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend