असोज ३० गते २०८३ || October 16, 2026

हामीले सरकार बनाउने र ढाल्ने खेलमा बढी समय दियौँ, अब वर्गतिर फर्किन्छौँ : प्रचण्ड


बुधबार, चैत २० २०८१०५:२९

हामीले सरकार बनाउने र ढाल्ने खेलमा बढी समय दियौँ, अब वर्गतिर फर्किन्छौँ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियापछि आफूहरू काठमाडौँमा सरकार बनाउने र ढाल्ने खेलमा लागेको स्वीकार गरेका छन् । क्रान्तिकारी लुम्बिनी प्रदेशको सम्मेलनलाई बुधबार सम्बोधन गर्दै उनले अब पार्टीको सम्पूर्ण ध्यान वर्गतिर हुने प्रतिबद्धता जनाएका छन । 

यद्यपि आफ्नो नेतृत्वको पछिल्लो सरकारले जनताको पक्षमा राम्रो काम थालेपछि बिचौलिया र दलाल पुँजीपतिहरू आत्तिएर सरकार ढालेको उनले आरोप लगाए । ‘काठमाडौँमा सरकार बनाउने र ढाल्ने खेलमा हामीले बढी समय दियौँ । आठ/दश वर्ष कहिले यता उता अल्मिलियौँ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि त्याग तपस्या र बलिदान गरेका वर्गलाई छोड्यौँ । अब कांग्रेस र एमालेको बैशाखी टेकेर नभई आफ्नै खुट्टामा उभिने गरी समीक्षा गरेका छौँ’, उनले भने ।  

‘तपाईँलाई थाहै छ, मेरो नेतृत्वको पछिल्लो समय सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा काम गर्न थालेपछि बिचौलिया तथा दलाल पुँजीपतिहरूले सरकार ढाले । बिचौलियाहरू जुन सेटिङका आधारमा करोडौँ कमाउन थालेकाहरू आतङ्कित हुन थाले । मध्यराति कांग्रेस र एमाले मिलेका होइनन् ।त्यो दलाल पुँजीपति, बिचौलियाहरूले कांग्रेस र एमाले कब्जा गरेको हो’, उनले भने, 


  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली
  • # शेरबहादुर देउवा
  • # प्रचण्ड


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend