असोज ३० गते २०८३ || October 16, 2026

रवि लामिछाने समातिएपछि ज्ञानेन्द्र शाहीको कविता- न्यायको आँखा फोडिदेऊ, कानहरू बन्द गर !


शनिबार, चैत २३ २०८१०३:१९

रवि लामिछाने  समातिएपछि ज्ञानेन्द्र शाहीको कविता- न्यायको आँखा फोडिदेऊ, कानहरू बन्द गर !

 राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रातारात पक्राउ गरेपछि सामाजिक सञ्जालमार्फत कविता शैलीमा शाहीले ‘सत्यको मुख थुनेर झुटको गीत गाऊ र भ्रष्टहरूको जयजयकार गर्दै सत्ताको भोग गर’ भन्दै सरकारमााथि व्यंग्य कसेका हुन् ।

उनले भनेका छन्, ‘सत्यको मुख थुन,
झुटको गीत गाऊ।
बेइमानीको पूजा गर
नैतिकताको खिल्ली उडाऊ।।
क्रान्तिकारीको नाराले,
जनतालाई उल्लु बनाऊ।
पापीहरूको शासनमा,
इमान्दारहरुलाई रुवाऊ।।
गरिबहरुलाई चुस्दै,
तिजोरीहरु भर ।
न्यायको आँखा फोडिदेऊ
कानहरू बन्द गर,।
भ्रष्टहरूको जयजयकार गर्दै, सत्ताको भोग गर।।
तर याद राख, यो खेल सधैं चलिरहने छैन,
सत्यको ज्वाला बल्नेछ, अन्धकार हट्नेछ।
जनताको आँसुको हिसाब, तिमीले दिनुपर्नेछ,
भ्रष्टहरूको साम्राज्य, ढल्ने दिन चाँडै आउने


  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली
  • # प्रम देउवा
  • # रबि लामिछाने


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend