कात्तिक १ गते २०८३ || October 17, 2026

संघीय निर्वाचनमा नवलपुर क्षेत्र नम्बर १ बाट चुनाव लड्ने : डा. शशांक कोइराला


मंगलबार, चैत १ २०७८०७:११

संघीय निर्वाचनमा नवलपुर क्षेत्र नम्बर १ बाट चुनाव लड्ने : डा. शशांक कोइराला

कावासोती - नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवम् केन्द्रीय सदस्य डा. शशांक कोइरालाले संघीय निर्वाचनमा नवलपुर क्षेत्र नम्बर १ बाट चुनाव लड्ने घोषणा गरेका छन्। नेपाली कांग्रेस नवलपुरको ‘घर घर जाऊ काँग्रेस जिताऔं’ अभियानको कार्यक्रममा सहभागी हुन गृहजिल्ला नवलपुर आएका कोइरालाले कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो घोषणा गरेको हो।

‘तीन पटक नवलपुरबाट जितेँ, अब मोरङ, सुनसरी, झापा तिरबाट चुनाव लड्नु पर्यो भन्ने कुरा आएको छ। तर, म नवलपुरबाट नै चुनाव लड्छु भनेको छु।’ नवलपुरको विकासको सपना आफूले पूरा गर्न बाँकी रहेकाले पनि चौंथो पटक आफू यही क्षेत्रबाट चुनाव लड्ने कोइरालाले बताए। आफूले देखेको सपना पूरा गर्न सरकारले मात्रै नसक्ने भएकाले दातृ राष्ट्रसँग आफूले पहल गरेको उनको भनाइ छ। नवलपुरको सपना पुरा गरेपछि मात्रै राजनीतिबाट अवकाश लिने कोइरालाले बताए।

यस्तै नवनिर्वाचित सभापति महेन्द्र ध्वज जिसीले जिल्लामा कुनै पनि मुद्दामा कांग्रेसलाई तल पर्न नदिएर आगामी निर्वाचनमा एक नम्बरको पार्टी बनाउने प्रतिवद्धता जनाए। कांग्रेस जिल्ला कार्यसमितिको पहिलो बैठकले पार्टीको कोषाध्यक्षमा राजकुमार महतो सर्वसम्मत रुपमा चयन भएको छ।

नेपाली कांग्रेसको विधान अनुसार निर्वाचित जिल्ला कार्यसमिति सदस्य मध्येबाट सभापतिको प्रस्तावमा जिल्ला कार्यसमितिले कोषाध्यक्षको चयन गर्ने व्यवस्था रहेको छ।


  • सम्बन्धित विषय:

  • # डा. शशांक कोइराला
  • # नवलपुर


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend