असोज २९ गते २०८३ || October 15, 2026

सुनको मूल्य अहिलेसम्मकै उच्च


बुधबार, वैशाख ३ २०८२१०:४८

सुनको  मूल्य अहिलेसम्मकै उच्च

 नेपाली बजारमा बुधबार सुनले उच्च मूल्यको रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलाको १ लाख ८७ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

मङ्गलबार सुन तोलाको १ लाख ८४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । आज सुन तोलामा २ हजार ७ सय रुपैयाँले बढेको हो ।

यस्तै, आज चाँदीको मूल्य पनि सामान्य बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend