असोज २९ गते २०८३ || October 15, 2026

बागमती प्रदेशसभाका सदस्यहरूले लिए शपथ


पिपल अनलाइन
बिहीबार , पुस १४ २०७९०४:१५

बागमती प्रदेशसभाका सदस्यहरूले लिए शपथ

 
काठमाण्डौं- बागमती प्रदेशका प्रदेशसभा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेशसभाका जेष्ठ सदस्य रामप्रसाद ढुंगानाले एकसय नौं जना प्रदेशसभा सदस्यलाई बिहीबार पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।  प्रदेशसभा सदस्यमध्ये १२ जनाले नेवारी भाषामा र तीन जनाले तामाङ भाषामा शपथ लिएका प्रदेशसभा सचिवालयले जनाएको छ । 

उत्साहका साथ पद तथा गोपनीयताको शपथ लिएका उनीहरूले आफ्नो कार्यकाल प्रदेशको विकास र समृद्धिका लागि काम गर्ने बताएका छन् । प्रदेशसभाको ११औं अधिवेशन यही पुस १८ गते बस्ने भएको छ । जेष्ठ सदस्य ढुङ्गानले प्रदेश प्रमुखको कार्यालयले अधिवेशन आह्वान गरेको जानकारी गराएका थिए । 


  • सम्बन्धित विषय:

  • # बागमती प्रदेशसभाका सदस्यहरूले लिए शपथ
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend