असोज २९ गते २०८३ || October 15, 2026

सरकारले आन्दोलनरत नेपाल शिक्षक महासंघलाई फेरि वार्तामा बोलाएको छ


शुक्रबार, वैशाख १२ २०८२०२:०८

सरकारले आन्दोलनरत नेपाल शिक्षक महासंघलाई फेरि वार्तामा बोलाएको छ

सरकारले आन्दोलनरत नेपाल शिक्षक महासंघलाई फेरि वार्तामा बोलाएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शुक्रबार विज्ञप्ति प्रकाशित गरी महासंघलाई वार्ताका लागि आह्वान गरेका हुन्।

यसअघि शिक्षा मन्त्रालयले चैत २१ गते पनि महासंघलाई वार्तामा डाकेको थियो। त्यसपछि चैत २६ र २७ गते पनि सरकारले  महासंघलाई वार्तामा डाकेको थियो। दुवै पटक शिक्षक महासंघ वार्तामा गएको थिएन। महासंघको अगुवाइमा देशभरका शिक्षक राजधानी केन्द्रित सडक आन्दोलनमा छन्। 

मन्त्री पन्तले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘शिक्षकहरुसँग विगतमा झैं निरन्तर संवाद तथा छलफल गरी सामूहिक रूपमा समाधानका उपाय खोज्न यथाशीघ्र वार्ताका लागि नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिलाई नेपाल सरकारको तर्फबाट हार्दिक आह्वान गर्दछु।’

यसैगरी शिक्षा मन्त्रालयका सचिव डा. दीपक काफ्लले नेपाल शिक्षक महासंघलाई सम्बोधन गरी वार्तामा आउन अपिल गरेका छन्।

pantjee_barta.jpg
undefined




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend