असोज २९ गते २०८३ || October 15, 2026

प्रधानमन्त्रीद्वारा यो वर्षको मनसुनी अवस्थाबारे जानकारी


मंगलबार, जेठ १३ २०८२०८:०७

प्रधानमन्त्रीद्वारा यो वर्षको मनसुनी अवस्थाबारे जानकारी

जेठ १३ गते। प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्षको मनसुनी अवस्थाबारे जानकारी लिएका छन् ।

मंगलबार बबरमहलस्थित विभागको कार्यालयमा पुगेर प्रधानमन्त्री ओलीले यस वर्षको मनसुनी अवस्थाबारे विज्ञसँग जानकारी लिएका हुन् । 
यस वर्ष जेठ १८ गतेदेखि असोज १४ सम्म मनसुन ऋतुको वर्षाको आँकलन गरिएको छ। यस मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना रहेको पूर्वानुमान छ। 

प्रधानमन्त्री ओलीसँगै ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विभागमा पुगेर मौसम पूर्वानुमानबारे जानकारी लिएका छन् ।  




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend