असोज ३० गते २०८३ || October 16, 2026

विदेशबाट मोबाइल ल्याउन गरिएको कडाइ कार्यान्वयन नगर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन


पिपल अनलाइन
शुक्रबार, पुस १५ २०७९१२:०७

विदेशबाट मोबाइल ल्याउन गरिएको कडाइ कार्यान्वयन नगर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

काठमाण्डौँ - नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि पूर्ण रुपमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडीएमएस कार्यान्वयनमा ल्याउन लागेको बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने उक्त निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएका छन् ।

यसअघि गत शनिबार नै एक सूचना जारी गर्दै प्राधिकरणले पुस १५ गतेभित्र मोबाइलहरु दर्ता गर्न आह्वान गरेको थियो । तर, प्रधानमन्त्री प्रचण्डले मोबाइल फोन विदेशबाट ल्याउँदा गरिएको कडाइलाई हाल कार्यान्वनमा नल्याउन भन्सार विभागलाई निर्देशन दिएका हुन् ।


  • सम्बन्धित विषय:

  • # विदेशबाट–मोबाइल–ल्याउन–गरिएको–कडाइ–कार्यान्वयन–नगर्न–प्रधानमन्त्री–प्रचण्डको–निर्देशन
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend