अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जी–७ बैठक छोडेर स्वदेश फर्किएका छन्। जी–७ को पहिलो दिनको बैठकपछि ट्रम्प अमेरिका फर्किएका हुन्। जी–७ को बैठक छोडेर उनी अमेरिका फर्किएको व्हाइट हाउसले जनाएको हो।
यसअघि ट्रम्पले मानिसहरूलाई तत्काल तेहरान छोड्न भन्दै इरानले अमेरिकासँग परमाणु सन्धिमा हस्ताक्षर गरिहाल्नुपर्ने दोहोर्याएका थिए।
फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोंले जी–७ को सम्मेलन छोडेर जाने ट्रम्पको कदमलाई सकारात्मक बताएका थिए। इजरायल र इरानबीच शान्ति प्रयासका लागि ट्रम्पले सम्मेलन छोडेको हुनसक्ने उनको भनाइ थियो।
जी–७ बैठकसँग सम्बन्धित केही अधिकारीहरूले अमेरिकी राष्ट्रपति ट्रम्पको अनुपस्थितिमा महत्वपूर्ण निर्णय हुने सम्भावना कम रहेको बताएका छन्।