असोज ३० गते २०८३ || October 16, 2026

नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध


मंगलबार, असार ३ २०८२०३:०८

नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध

पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध बनेको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार आज मध्याह्न १२ बजे इच्छाकामना गाउँपालिका–६ तुइनखोलामा सुक्खा पहिरो खसेर सडक अवरुद्ध बनेको हो । 

 अहिले सडक विभागको मेसिन प्रयोग गरी पहिरो हटाउने काम भइरहेको छ । पहिरो हटाउन दुई घण्टाभन्दा बढी लाग्न सक्ने प्रहरी निरीक्षक सिंहको भनाइ छ ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend