कात्तिक २ गते २०८३ || October 18, 2026

देशभित्र भविष्य खोज्ने अभियानलाई तीव्रता दिनुपर्छः अर्थमन्त्री पौडेल


मंगलबार, असार ३ २०८२०५:४०

देशभित्र भविष्य खोज्ने अभियानलाई तीव्रता दिनुपर्छः अर्थमन्त्री पौडेल

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले देशभित्र भविष्य खोज्ने अभियानलाई तीव्रता दिनुपर्ने बताएका छन् । 

कोरियाको अनुभवमा आधारित सफलताका कथा नामक पुस्तकको राजधानीमा विमोचन गर्दै उनले सम्भावना हुँदाहुँदै पनि देशभित्र आफ्नो भविष्य खोज्नेहरु अहिले कमी रहेको बताएका हुन् । 

अर्थमन्त्री पौडेलका अनुसार प्रकृतिको वरदानका रुपमा चिनिने नेपालमा धेरै गर्न सकिन्छ। प्रचुर सम्भावनालाई उपयोग गरेर देशलाई समृद्ध बनाउनुपर्ने पौडेलले बताए । विदेशमा सिकेको सीप पुँजी सबैले नेपालमा उपभोग गर्नसके देश छिट्टै विकसित हुने उनको भनाइ छ। 

उनले भने , ‘‘भूगोलका हिसाबले देश सानो छौं तर प्राकृतिक दृष्टिकोणले हामी सम्पन्न छौं। संस्कृतिक, ऐतिहासिक, पुरातात्विक, दृष्टिकोणले हामी सम्पन्न छौं। त्यसअर्थमा हामीले हाम्रो देशभित्र भविष्य खोज्नुपर्छ। तथापी आजको दुनियाँमा कोही पनि आफ्नो देशभित्र रहेर अघि बढ्न सम्भव हुँदैन। विभिन्न सन्दर्भमा अध्ययनका सिलसिलामा श्रम,  व्यवसायका सिलसिलामा मानिसहरु एउटाबाट अर्को मुलुकमा गइरहेका हुन्छन्।’’

कोरियामा सिकेको सीप र पुँजीलाई नेपालमै सदुपयोग गरेर मुलुकलाई समृद्धिको दिशामा अघि बढाउन युवालाई पौडेलले आह्वान गर्नुभयो। पुस्तकले अरुलाई पनि विदेशबाट नेपालमा आएर केही गर्न उत्प्रेरणा मिल्ने बताएका छन् ।  




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend