असोज ३० गते २०८३ || October 16, 2026

सरकारले विश्वासको मत लिनुअघि नै अर्थसचिव परिवर्तन हुने


पिपल अनलाइन
शुक्रबार, पुस १५ २०७९०२:३१

सरकारले विश्वासको मत लिनुअघि नै अर्थसचिव परिवर्तन हुने

काठमाण्डौँ -सरकारले विश्वासको मत लिनुअघि कर्मचारी सरुवा नगर्ने छलफलमा नयाँ सरकार छ । तर अर्थ मन्त्रालयभित्र रहेका दुई सचिवमध्ये अर्थसचिव कृष्णहरि पुस्करलाई भने परिवर्तन गर्ने भएको छ ।

स्रोतका अनुसार विश्वासको मत लिनुअघि नै कृष्णहरि पुस्करलाई परिवर्तन गर्ने विषयमा अर्थमन्त्री विष्णु पौडेलले छलफल थालिसकेका छन् । उनलाई सरुवा गरेर कुन ठाउँमा स्थानान्तरण गर्ने र उनको स्थानमा को ल्याउने विषय भने टुङ्गो लागेको छैन । 


  • सम्बन्धित विषय:

  • # सरकारले–विश्वासको–मत–लिनुअघि–नै–अर्थसचिव–परिवर्तन–हुने
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend