असोज २९ गते २०८३ || October 15, 2026

एसइईमा बाल विकास माध्यमिक विद्यालय नगरपालिकाकै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल


शनिबार, असार १४ २०८२०९:४७

एसइईमा बाल विकास माध्यमिक विद्यालय नगरपालिकाकै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल

माध्यमिक शिक्षा परीक्षा (एसइई)  २०८१ को नतिजामा बाल विकास माध्यमिक विद्यालय सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएको छ ।


नागार्जुन नगरपालिका वडा न; १ मा रहेको  उक्त विद्यालयमा २२ जना परिक्षार्थी माद्यामिक शिक्षा परिक्षा (एस.ईई ) मा सहभागी थिए । उत्रिर्ण विद्यार्थीमध्ये  GPA ३.६ - ४  = ३ जना,  GPA ३.२-३.६  = ६ जना,  GPA २.८-३.२  =  १२ जना, GPA २.४- २.८ = १ जना रहेको छन् ।

बाल बिकास माविको यो नतिजा नागार्जुन नगरपालिका कै सर्वोउत्कृष्ट रहेको  विद्यालयका प्राधानाध्यापक धनराज कार्कीले जानाकारी दिनुभएको छ ।

विद्यालयमा नियमित अतिरिक्त कक्षाहरु समर्पित शिक्षक टिम र अभिभावकको सहकार्यले यो उपलब्धि सम्भव भएको हो,’’ प्र.अ. कार्कीले भन्नुभयो ।
 

देशकै उत्कृष्ट र गुणस्तरयुक्त विद्यालय र राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा सबल र बिक्न सक्ने जनशक्ति उत्पादन गर्ने विद्यालय दुरदृष्टि र योजना रहेको प्र. अ. कार्कीले जानकारी दिनुभयो ।

 

 


  • सम्बन्धित विषय:

  • # बाल विकास माध्यमिक विद्यालय
  • # शिक्षा


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend