महेन्द्र बौद्ध माध्यमिक विद्यालय २०८१ को एस. ई.ई. परीक्षामा शत प्रतिशत नतिजा ल्याउन सफल भएको छ ।
काठमाडौं महानगरपालिकामा रहेको उक्त विद्यालयमा ५१ जना परिक्षार्थी एसईई मा सहभागी थिए । सोहि नतिजामा शत प्रतिशत नतिजा ल्याउन सफल भएको प्रधानाध्यापक धर्मेन्द्र खकुरेलले जानकारी दिनुभयो ।
‘‘विद्यालयमा नियमित अतिरिक्त कक्षाहरू, समर्पित शिक्षक टोली र अभिभावकको सहकार्यले यो उपलब्धि सम्भव भएको हो,’’ प्रअ खकुरेलले भन्नुभयो ।
नतिजाका लागि अहोरात्र खट्नुहुने विषय शिक्षकहरु, प्यारा विद्यार्थी भाइबहिनीहरु लगायत सम्पूर्ण सरोकारवालाहरुमा हार्दिक आभार। राष्ट्र कै उत्कृष्ट विद्यालय बनाउने दुरदृष्टि, योजना र रणनीति सहित नयाँ, उर्जाशिल र अथक टिम निर्माण भएकोमा, अत्यन्तै खुशी रहेको समेत प्रधानाध्यापक खकुरेलले व्यक्त गर्नुभएको छ ।