असोज २९ गते २०८३ || October 15, 2026

मधेश प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्यहरुद्धारा शपथ ग्रहण


पिपल अनलाइन
शुक्रबार, पुस १५ २०७९०३:१५

मधेश प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्यहरुद्धारा शपथ ग्रहण

काठमाण्डौँ -मधेश प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्यहरुले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेशसभाका १०४ सांसदले पद तथा गोपनियताको सपथ लिएका हुन् । उनीहरुलाई प्रदेशसभाका जेष्ठ सदस्य ७१ वर्षीय गोविन्दबहादुर न्यौपानेले सपथ ग्रहण गराएका हुन् ।

मधेश प्रदेशसभामा प्रत्यक्ष र समानुपातिक गरी १०७ प्रदेश सांसद छन् । माओवादी केन्द्रका रजिहैदर र माला कर्णले सपथ लिन पाएनन् । क्लस्टर विवादको कारण सर्वोच्च अदालतले दुबैजनालाई तत्काल शपथ नगराउन आदेश दिएकोले नगराइएको प्रदेश सभा सचिव रञ्जित यादवले बताए । दुबैजना समानुपातिक सांसद हुन् । १० वटा दल र ५ स्वतन्त्र सांसदको प्रतिनिधित्व प्रदेशसभामा छ ।


  • सम्बन्धित विषय:

  • # मधेश–प्रदेशका–नवनिर्वाचित–प्रदेशसभा–सदस्यहरुद्धारा–शपथ–ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend