असोज ३० गते २०८३ || October 16, 2026

भोटेकोशीको भीषण बाढीमा वेपत्ता सबैजनाको पहिचान खुल्यो


मंगलबार, असार २४ २०८२०६:२६

भोटेकोशीको भीषण बाढीमा वेपत्ता सबैजनाको पहिचान खुल्यो

ल्हेन्दी खोलामा आएको भीषण बाढीमा वेपत्ता सबैजनाको पहिचान खुलेको छ। बाढीमा बेपत्ता भएका सुरक्षाकर्मी, चिनियाँ नागरिक,नेपाली चालकको पहिचान खुलेको हो ।  बाढीमा १८ जना बेपत्ता भएका छन्। 

रसुवागढी जलविद्युत केन्द्रको ड्याम साइडमा फसेका एकजना चिनियाँ नागरिक, १७ जना नेपाली गरी १८ जनालाई नेपाल प्रहरी,सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाको उद्दार टोलिले उद्दार गरेको हो। हालसम्म उद्दार गरिएकाहरूमा चार महिला,४६ जना पुरुषसहित ५० जना रहेको सशस्त्र प्रहरी वलका प्रवक्त शैलेन्द्र थापाले जानकारी दिए । 

गोसाइकुण्ड गाउँपालिका–२ रसुवागढीमा बेपत्ता भएका १८ जनाको पहिचान खुलेको सशस्त्र प्रहरी बलले जनाएको छ । लेन्देखोलामा मंगलबार बिहान साँढे तीन बजेतिर आएको बाढीमा परी तीनजना नेपाल प्रहरी वेपत्ता भएका हुन् । 

बेपत्ता हुनेमा प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र लोकेन्द्र बोहोरा छन् । उनीहरू तीनैजना इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत रहेको रसुवा प्रहरीले जनाएको छ । 

बाढीमा परेर वेपत्ता हुनेहरूमा चिनियाँ नागरिकहरू यु युइ, ली हुवाछिन, याङ चुआन, यु हाइ हाङ, यु छिआओ छुइ र जोउ योङ रहेको  सशस्त्र प्रहरी वलका सहप्रवक्ता थापाले जानकारी दिए । उनका अनुसार वेपत्ता हुनेहरुमा तीनजना गाडी चालक रहेका छन् । 

बाढीमा बर्दियाका ३६ वर्षीय जिपन चौधरी, ३५ वर्षीय सन्तोष दइत, २५ वर्षीय बुद्धिराम थारू,२४ वर्षीय लक्ष्मीनारायण थारू,३० वर्षीय सुरेश थारू,बागलुङका नरेन्द्र विक,सिन्धुपाल्चोकका फुर्वा लामा, गोविन्द मोक्तान र लोकमान तामाङ बेपत्ता छन् । लामा,मोक्तान र तामाङ गाडी चालक हुन् । 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend