कात्तिक १ गते २०८३ || October 17, 2026

काठमाडौंको गोंगबुबाट ९ जना जुवाडेहरु पक्राउ 


पिपल अनलाइन
शुक्रबार, पुस १५ २०७९०३:४९

काठमाडौंको गोंगबुबाट ९ जना जुवाडेहरु पक्राउ 

काठमाण्डौँ । काठमाडौंको गोंगबुबाट प्रहरीले ९ जना जुवाडेहरुलाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–२६ मित्रनगरमा चितवन घर भएका ६६ वर्षीय होमनाथ ढकालले आफ्नो डेरामा जुवा खेलाएका हुन् ।

जुवा खालबाट पक्राउ पर्नेमा होमनाथ ढकाल, मेघप्रसाद गुरुङ, बिना लामा,  सुर्यबहादुर गुरुङ, राजु गुरुङ, चेमसङ गुरुङ, अमृत कार्की, रामचन्द्र राई र अन्जन मग्राति छन् । जुवा खालमा प्रहरी वृत्त महाराजगन्जको टोलीले छापा मारेर १ लाख ६९ हजार बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले बताए । प्रहरीले ६ गड्डी तास पनि बरामद गरेको छ । 


  • सम्बन्धित विषय:

  • # काठमाडौंको गोंगबुबाट ९ जना जुवाडेहरु पक्राउ
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend