नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ । आज सुन नेपाली बजारमा एकै दिन तोलामा २ हजार १०० रुपैयाँले बढेको हो । आज सुन तोलाको १ लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदी तोलाको २ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी तोलाको २ हजार ३२० रुपैयाँमा कारोबार भएको थियो ।