असोज ३० गते २०८३ || October 16, 2026

प्रधानमन्त्री ओलीको आज संसदमा विशेष सम्बोधन


बुधबार, साउन ७ २०८२११:४७

प्रधानमन्त्री ओलीको  आज संसदमा विशेष सम्बोधन

प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा विशेष सम्बोधन गर्ने भएका छन्। सांसदहरूसँग नियमित प्रश्नोत्तर अगाडि प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्ने नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए ।

सम्बोधनमा मुख्यगरी सरकारको एक वर्ष, उपलब्धि, भइरहेका काम, वर्तमान राजनीतिक परिस्थिति र तथा प्रतिपक्षी दलका नेताले गर्नुभएको सम्बोधनको जवाफलगायत विषय केन्द्रित हुनेछन् ।

प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो एक बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा प्रधानमन्त्री ओलीले सांसदहरुले सोध्ने प्रश्नको जवाफ दिने  कार्यसूची पनि छ ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend