असोज ३० गते २०८३ || October 16, 2026

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार दिउँसो पत्रकार सम्मेलन गर्दै


शुक्रबार, साउन ९ २०८२११:०९

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार दिउँसो पत्रकार सम्मेलन गर्दै

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार दिउँसो पत्रकार सम्मेलन गर्दैछिन्। भण्डारीले शुक्रबार दिउँसो ३ बजे बबरमहलस्थित कार्की बैंक्वेटबाट आफ्नो धारणा सार्वजनिक गर्न लागेकी हुन्।

असार १४ गते ७४ औं मदनजयन्तीका दिन सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी भण्डारीको यात्रामा बिराम लगाउने गरी एमालेले निर्णय गरेपछि अब के गर्ने भनेर बताउन उनले पत्रकार सम्मेलन गर्न लागेकी हुन्।

गत मंगलबार मध्यरात सकिएको एमाले केन्द्रीय कमिटीको बैठकले उनको राजनीतिक पुनरागमनलाई रोक लगाउने निर्णय गरेको थियो




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend