असोज ३० गते २०८३ || October 16, 2026

सरकारमा सहभागिताबारे निर्णय लिन समाजवादीको स्थायी कमिटी बैठक बस्दै


पिपल अनलाइन
शनिबार, पुस १६ २०७९०७:०३

सरकारमा सहभागिताबारे निर्णय लिन समाजवादीको स्थायी कमिटी बैठक बस्दै

काठमाण्डौँ - नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज बस्ने भएको छ ।  पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बस्ने बैठकले पार्टीको सरकारमा सहभागिताबारे निर्णय लिनेछ । 

निर्वाचनको समीक्षा, विकास राजनीतिक घटनाक्रममा पार्टीले निर्वाह गर्ने भूमिका र सरकारलाई समर्थन गर्नेबारे बैठकले निर्णय लिने केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डदेखि एमालेका नेताहरुले छुट्छुट्टै पहल गरिरहेका छन् । 


  • सम्बन्धित विषय:

  • # सरकारमा–सहभागिताबारे–निर्णय–लिन–समाजवादीको–स्थायी–कमिटी–बैठक–बस्दै
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend