असोज २९ गते २०८३ || October 15, 2026

हलेसी दर्शन गरेर फर्किँदै गरेको गाडी दुर्घटना, एक जनाको मृत्यु


सोमबार, साउन १९ २०८२११:२७

हलेसी दर्शन गरेर फर्किँदै गरेको गाडी दुर्घटना, एक जनाको मृत्यु

खोटाङको हलेसी दर्शन गरेर सिराहा फर्किँदै गरेको यात्रुवाहक गाडी सोमबार बिहान दुर्घटनामा परेको छ।

दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अन्य केही यात्रु गम्भीर घाइते भएका छन्। सिराहा, नरहा नगरपालिका–५ फर्किँदै गरेको प्र २–०–१–००१ ज ००५३ नम्बरको विङ्गर गाडी हलेसी तुवाचुङ नगरपालिका–१, बाहुनीडाँडास्थित डौठे खोला नजिक करिब बिहान ८:३० बजे दुर्घटनामा परेको हो। दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीले पुष्टि गर्नुभयो।

मृतकको पहिचान खुल्न बाँकी रहेको छ। दुर्घटनामा परी तीन जना गम्भीर घाइते भएका छन्। उनीहरूलाई हलेसी तुवाचुङ नगरपालिकाको एम्बुलेन्स मार्फत घुर्मीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि पठाइएको छ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend