असोज ३० गते २०८३ || October 16, 2026

गृहमन्त्री लामिछानेद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण


पिपल अनलाइन
शनिबार, पुस १६ २०७९०७:१६

गृहमन्त्री लामिछानेद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण

काठमाण्डौँ- उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्दै उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिएका छन् । उपप्रधानमन्त्री एवम् गृहमन्त्री लामिछानेलाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुले हार्दिक स्वागत गरेका थिए ।

निरीक्षण भ्रमणका क्रममा उपप्रधानमन्त्री एवम् गृहमन्त्री लामिछानेले नेपाल प्रहरी प्रधान कार्यालयस्थित पोलीग्राफ सेक्सन र डाटा सेन्टरको निरीक्षण गर्नुका साथै त्यस सम्बन्धी गतिविधिबारे जानकारी लिए ।

 


  • सम्बन्धित विषय:

  • # गृहमन्त्री लामिछानेद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend