असोज २९ गते २०८३ || October 15, 2026

विश्वको सबैभन्दा लामो झोलुङ्गे पुल बनाउँदै,


आइतबार, साउन २५ २०८२०६:४४

विश्वको सबैभन्दा लामो झोलुङ्गे पुल बनाउँदै,

टाली सरकारले सिसिली टापुलाई मुख्य भूमिमा जोड्ने विश्वको सबैभन्दा लामो झोलुङ्गे पुल निर्माण गर्न १३ अर्ब ५० करोड युरो (१५अर्ब ६० करोड डलर) परियोजनाका लागि बुधबार अन्तिम स्वीकृति दिनेछ।

उपप्रधानमन्त्री एवं पूर्वाधारमन्त्री माटेओ साल्भिनीले दशकौँको योजनापछि ‘इतिहासको पृष्ठ’ चिह्न लगाउँदै मेसिनाको जलडमरूमध्यमा राज्यद्वारा वित्त पोषित पुललाई मन्त्रिपरिषद्ले समर्थन गर्ने बताउनुभयो।

पुललाई बीचमा दुई रेल लाइन र दुवैतिर तीन लेनको ट्राफिकसहित डिजाइन गरिएको छ । यसको झुण्डिएको भाग विश्व कीर्तिमानी ३.३ किलोमिटर (२.०५ माइल) छ र दुई वटा चार सय मिटर (एक हजार तीन सय फिट) अग्लो टावरबीच फैलिएको छ।

मन्त्रीहरूले यसले दुई गरिब इटालियन क्षेत्र सिसिली र मुख्य भूमिको क्यालाब्रियामा आर्थिक वृद्धि र रोजगारी ल्याउने आशा गरेका छन्। साल्भिनीले यो परियोजनाले दशौँ हजार रोजगारी सिर्जना गर्ने प्रतिज्ञा गर्नुभयो।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend