असोज ३० गते २०८३ || October 16, 2026

लोकप्रिय मतमा ओरालो यात्रा !


पिपल अनलाइन
शनिबार, पुस १६ २०७९०८:०२

लोकप्रिय मतमा ओरालो यात्रा !

काठमाण्डौँ- २०७४ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ ४१ स्थान ल्याएको नेकपा एमाले यो पटक ३४ स्थानमा सीमित भयो । एमाले मात्रै हैन नेपाली कांग्रेस पनि ४० बाट ३२ स्थानमा झर्‍यो । लोकप्रिय पपुलर मतको प्रतिशतमा पनि दुवै दल पछिल्लो चुनावको तुलनामा पछाडि परेका छन् । प्रतिशतमा पहिलो र दोस्रो स्थानमा रहे पनि एमाले र कांग्रेसले सिट सङ्ख्या भने गुमाइरहेका छन् । नेकपा माओवादी केन्द्रको हकमा २०६४ यता नै लोकप्रिय मत ओरालो लाग्ने क्रम रोकिएको छैन । २०७४ सालमा १७ सिट पाएको माओवादी केन्द्रले यो पटक १३ स्थान मात्र प्राप्त गर्‍यो । पछिल्ला तीन निर्वाचनमा मतदाता बढिरहे पनि दलहरूको मत भने घटिरहेको छ ।

हालैको निर्वाचनमा ठूला दलबाट नयाँ दलले स्थान खोसे पनि अघिल्ला चुनावसम्म प्रमुख तीन दलको भोट बैङ्कबाट अन्य दलले स्थान खोस्न सकेका थिएनन् । समानुपातिकतर्फको सदर मत सङ्ख्या बढे पनि दलहरूको स्थान घटिरहेको छ । मतदाता बढेको तुलनामा सदर मत प्रतिशत भने यो चुनावमा अघिल्लो पटकभन्दा कम छ । नयाँ दलले स्थान खोस्दा यो पटक एमाले, कांग्रेस र माओवादी केन्द्रले स्थान गुमाएका छन् । यो पटक एमालेले साढे दुई प्रतिशत मत गुमाएको छ । यस्तै कांग्रेस तीन दशमलव ६८ र माओवादी केन्द्रले एक दशमलव ९२ प्रतिशत मत गुमाएको छ । आजकोगोरखापत्र दैनिकमा समाचार छ ।


  • सम्बन्धित विषय:

  • # लोकप्रिय मतमा ओरालो यात्रा !
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend