बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा छापावाल सुन तोलामा १३०० रुपैयाँ वृद्धि भएको हो।
जसअनुसार बिहीबार छापावाल सुन तोलामा १ लाख ९४ हजार ८०० रुपैयाँ कायम भएको छ । यस्तै बुधबार सोही सुन तोलामा १ लाख ९३ हजार ५०० रुपैयाँ कायम थियो।
बुधबार तोलामा २ हजार २५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा २ हजार २९० रुपैयाँ पुगेको महासंघको भनाइ छ।