असोज २९ गते २०८३ || October 15, 2026

वाणिज्य बैंकहरुको कर्जा लगानी साढे ३ खर्ब बढ्यो


आइतबार, भदौ १५ २०८२०६:२४

वाणिज्य बैंकहरुको कर्जा लगानी साढे ३ खर्ब बढ्यो

वाणिज्य बैंकहरुले गत आर्थिक वर्षमा साढे ३ खर्ब भन्दा बढीको कर्जा लगानी गरेका छन् । २० वटा वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०८१/०८२ मा अघिल्लो आर्थिक वर्षको भन्दा ३ खर्ब ६३ अर्ब ५२ करोड ७४ लाख रुपैयाँ बढी ऋण प्रवाह गरेका हुन् । 

गत आर्थिक वर्षको अन्तिमसम्ममा वाणिज्य बैंकहरुले कुल ४८ खर्ब ५५ अर्ब ३८ करोड २४ लाख रुपैयाँ कर्जा लगानी गरेका छन् । यो यो अघिल्लो आर्थिक वर्षको भन्दा ८.०९ प्रतिशतले धेरै हो । अघिल्लो आवको अन्तिमसम्ममा वाणिज्य बैंकहरुले ४४ खर्ब ९१ अर्ब ८५ करोड रुपैयाँ कर्जा लगानी गरेका थिए । पछिल्लो समय आर्थिक मन्दी र विभिन्न समस्याका बाबजुत वाणिज्य बैंकहरुको कर्जा लगानिमा उल्लेख्य सुधार देखिएको हो।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend