असोज २९ गते २०८३ || October 15, 2026

काठमाडौँका सडकबाट सेना हट्यो, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल ड्युटीमा फर्कँदै


शनिबार, भदौ २८ २०८२१२:०२

काठमाडौँका सडकबाट सेना हट्यो, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल ड्युटीमा फर्कँदै

नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएसँगै काठमाडौँका सडकमा तैनाथ सेना हटाइएको छ। अहिले सडक सुरक्षाको जिम्मेवारी नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सम्हालेका छन्।

सेनाले आन्दोलनका क्रममा विभिन्न स्थानमा राखिएका ब्यारिकेडहरू हटाएर सडक खुला गरेको छ। यससँगै उपत्यकाको ट्राफिक व्यवस्थापन पनि सामान्य बन्दै गएको छ। ट्राफिक प्रहरीहरू सडकमा खटिएका छन् भने उपत्यकाको जनजीवन सामान्य लयमा फर्किन थालेको छ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend