असोज २९ गते २०८३ || October 15, 2026

नवनियुक्त शिक्षामन्त्री पुनले गरे शिक्षक ३ निर्णय


बुधबार, असोज ८ २०८२०१:३९

नवनियुक्त शिक्षामन्त्री पुनले गरे शिक्षक ३ निर्णय

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री डा. महावीर पुनले पदभार सम्हालेको दोस्रो दिन मंगलबार तीनवटा महत्त्वपूर्ण निर्णय सार्वजनिक गरेका छन्। उनले मन्त्रालयमै बसेर तत्काल कार्यान्वयन गर्न सकिने तीन महत्त्वपूर्ण कदम चालेका छन्।

मन्त्री पुनका निर्णयहरू

१‍. नेपाल भरका सामुदायिक माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थीहरू कम्प्युटर शिक्षाबाट वञ्चित नहुन् भन्ने उद्देश्यले पठनपाठनको लागि हरेक विद्यालयमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य थप्नुपर्ने।

२.विश्वविद्यालयलाई बढीमा ३ महिनाभित्र अनिवार्य रूपमा परीक्षाफल निकाल्न निर्देशन दिने। समयमा नै परीक्षाफल ननिकाल्ने विश्वविद्यालयहरूको अनुदान रोक्का गरि दिने। 

३.त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको हाताभित्र ठूलो क्षेत्रफलमा रहेको झाडी फाँडेर सफा गरी सुन्दर बगैँचासहित फुटपाथ बनाएर विश्वविद्यालयलाई आकर्षक बनाउने।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend