सरकारले भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै असोज १९ र २० गते सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयले शनिबार जारी गरेको सूचनामा जनधनको क्षति हुन सक्ने जोखिम उल्लेख गरेको छ। दसैँ बिदापछि आइतबारदेखि कार्यालय खुल्ने तयारी रहेकै बेला थप दुई दिन बिदा थपिएको हो।