असोज २९ गते २०८३ || October 15, 2026

नर्सको आन्दोलन तिहारमा पनि जारी,


मंगलबार, कात्तिक ४ २०८२११:४९

नर्सको आन्दोलन तिहारमा पनि जारी,

नर्सहरूको न्यूनतम तलब तथा पेसागत हकहितसम्बन्धी विभिन्न माग राखेर आन्दोलनरत नर्सहरूले तिहारमा पनि आन्दोलन जारी राख्ने भएका छन् । नेपाल नर्सिङ संघले चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै आज हातमा कालोपट्टि बाँधेर काम गर्ने जनाएको छ ।

आइतबारको औपचारिक वार्ता तत्कालै निष्कर्षमा नपुगे पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अतिरिक्त स्वास्थ्य सचिव प्रा.डा.श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा कार्यदल गठन साथै सातै प्रदेशमा अनुगमन समिति गठन गरेको विषयलाई स्वागत गर्दै नेपाल नर्सिङ संघ आफ्नो योजनाअनुसार विरोधका चरणबद्ध कार्यक्रम घोषणा गर्दछ । 

यस आन्दोलनबाट सर्वसाधारणको स्वास्थ्य सेवामा पर्न जाने असुविधाप्रति हामी क्षमा याचना गर्दछौँ । आन्दोलनबाट उत्पन्न परिणामको सम्पूर्ण जिम्मेवारी सरकार तथा सरोकारवाला निकायले बेहोर्नुपर्नेछ’, स‌ंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

संघका अनुसार आज कात्तिक ४ देखि ११ गतेसम्म देशभरिका सम्पूर्ण अस्पताल तथा स्वास्थ्य शैक्षिक संस्थाहरूमा नर्सहरूले कालोपट्टी बाँधेर काम गर्नेछन् । 

अनि १२ देखि १८ गतेसम्म दिनको २ घण्टा बिहान १० देखि १२ बजेसम्म अत्यावश्यक सेवाबाहेकका नर्सिङ सेवा बन्द गरिनेछ । यसपछि मन्त्रालयले गठन गरेको कार्यदलको प्रतिवेदनअनुसार थप कार्यतालिका प्रकाशन गरिने संघले जनाएको छ । 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend