असोज २९ गते २०८३ || October 15, 2026

७३ अर्ब लागतमा ३३५ मेगावाटको हुम्ला कर्णाली दोस्रो जलविद्युत् बन्ने


शुक्रबार, कात्तिक ७ २०८२११:३२

७३ अर्ब लागतमा ३३५ मेगावाटको हुम्ला कर्णाली दोस्रो जलविद्युत् बन्ने

आर्थिक विकासमा पछाडि रहेको हुम्ला जिल्लामा कूल तीन सय ३५ मेगावाट क्षमताको हुम्ला कर्णाली दोस्रो जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ ।

हाल सो आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए)को काम अगाडि बढाइएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको सिफारिसमा वन तथा वातावरण मन्त्रालयले इआइएको काम अगाडि बढाएको हो । 

आयोजना हुम्लाको खार्पूनाथ गाउँपालिका र सर्केगाड गाउँपालिकामा अवस्थित छ । वन तथा वातावरण मन्त्रालयले यसअघि नै सार्वजनिक सूचनामार्फत इआइएमा आवश्यक सुझा तथा सल्लाह दिन आग्रह गरिसकिएको जनाएको छ ।

आयोजना निर्माणका लागि कूल ४७ दशमलव १३ हेक्टर जमिन आवश्यकता पर्ने छ । विद्युत् उत्पादनअन्तर्गत ५० मेगावाटभन्दा बढी क्षमताको जलविद्युत् आयोजनाकाका लागि वातावरण संरक्षण ऐन, २०७६ अनुसार वातावरणीय प्रभाव मूल्याङ्कन गर्नुपर्ने प्रावधान रही आएको छ । 

नदी प्रवाहमा आधारित सो आयोजना कर्णाली नदी बेसिनको एक प्रमुख आयोजना हो । बाह्रेमासे हिम नदीका रूपमा परिचित हुम्ला कर्णालीमा निर्माण हुने भएकाले पनि यस आयोजनालाई महत्त्वपूर्ण रूपमा हेरिएको हो ।

प्रस्तावित आयोजनाको डिजाइन डिस्चार्ज एक सय १८ दशमलव ७० घनमिटर प्रति सेकेण्ड रहेको छ । आयोजनामा दुई वटा डाइभर्सन सुरुङ निर्माण हुनेछ । डाइभर्सन सुरुङको लम्बाई पाँच सय ४५ मिटर र पाँच सय ४२ मिटर रहनेछ । डाइभर्सन सुरुङको व्यास नौ दशमलव पाँच मिटर रहनेछ ।

आयोजनाबाट सुक्खायामका छ सय नौ दशमलव ८९ गिगावाट घण्टा ऊर्जा उत्पादन हुनेछ भने वर्षा याममा एक हजार एक सय ८४ दशमलव ८३ गिगवाटा घण्टा ऊर्जा उत्पादन हुनेछ ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend