असोज ३० गते २०८३ || October 16, 2026

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक थप पेचिलो


शुक्रबार, कात्तिक १४ २०८२१२:४२

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक थप पेचिलो

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक थप पेचिलो बनेको छ। कार्यबाहक सभापति पूर्णबहादुर खड्काले महामन्त्री गगनकुमार थापाको प्रस्ताव अस्वीकार गरेपछि नयाँ स्थिति सामुने आएको थियो।

विहीबारको बैठकमा महामन्त्री थापा सहभागी नभएपछि परिस्थिति फरक मोडमा पुग्यो। जसलाई सम्हाल्नका लागि डा. शेखर कोइरालाले पहल थालेका छन्। सो क्रममा उनले केही नेतासहित महामन्त्री थापा समेत राखेर शुक्रबार बिहान अलग बैठक गरेका छन्।

छलफलमा उपसभापति धनराज गुरुङसमेत बसेर नियमित महाधिवेशनको कार्यतालिका ल्याउनेबारे कुरा भएको बताइएको छ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend