असोज २९ गते २०८३ || October 15, 2026

जिल्ला सभापतिहरुसँगको अनौपचारिक छलफलमा नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राख्नुभएको धारणा


शुक्रबार, कात्तिक २१ २०८२०१:१५

जिल्ला सभापतिहरुसँगको अनौपचारिक छलफलमा नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राख्नुभएको धारणा

काठमाडौमा  जिल्ला सभापति तथा पुर्व जिल्ला सभापतिहरुसँगको अनौपचारिक छलफलमा नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफ्ना धारणा राख्नुभएको छ ।

- नेपाली कांग्रेसको १५औँ महाधिवेशन २०८२ मंसिर मसान्तभित्रै सम्पन्न गर्नुपर्ने बिषयमा धेरै पहिलेदेखि नै भन्दै आएको छु ।
- अहिलेको समयको चाप, अवस्था आदिका कारण यदि २०८२ मंसिर मसान्तमा गर्न सकिएन भने कुनै पनि हालतमा २०८२ पुस मसान्तसम्म गरिसक्नुपर्छ ।
- आउँदो आम निर्वाचनभन्दा पहिले महाधिवेशन सम्पन्न गरी नयाँ र ताजा नेतृत्वमा चुनावमा जानुपर्छ ।
- २०८२ पुस मसान्तसम्मको तालिका बनाँउदा निर्वाचन आयोगको निर्वाचनले प्रकाशित गरेको तालिकासँग नबाझिने गरी बनाउनुपर्छ ।
- नेपाली कांग्रेस अहिले एकतावद्ध, गम्भिर, जिम्मेवार, संयम भै अघि बढ्नुपर्छ र पार्टीसँग सम्बद्ध सबैले राष्ट्र, जनता र लोकतन्त्रलाई प्राथमिकतामा राख्नुपर्छ ।
- बिगतमा पार्टीले थुप्रै आरोह-अवरोह ब्यहोरेकोले आगामी दिनमा एकता नै बल हो भन्ने भावनानुसार एक हुनैपर्छ र कसैले पनि मेरो गोरुको बाह्रै टक्का भन्ने सोच राख्नु हुन्न ।
- म पार्टीमा एकता, मेलमिलाप चाहन्छु । गुट, उपगुट र फु्‌टको अन्त्य गर्न चाहन्छु ।कोही कसैप्रति आग्रह-पुर्वाग्रह नराखी हामी अघि बढ्नै पर्छ ।
- देशभरका इमान्दार, निष्ठावान् र निरन्तर क्रियाशिल रहेका साथीहरुले पार्टीलाई बचाइरहनु भएको छ ।
- पार्टीका लाखौँ शुभेच्छुकहरु र बाह्य सबै पक्षले अहिले नेपाली कांग्रेसको निर्णय हेरिरहेका छन, पर्खिरहेका छन् ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend