असोज २९ गते २०८३ || October 15, 2026

विद्यालयका बालबालिकाको निःशुल्क परीक्षण


शुक्रबार, कात्तिक २८ २०८२०५:२४

विद्यालयका बालबालिकाको  निःशुल्क परीक्षण

नुवाकोट  शिवपुरी गाउँपालिका–८ स्थित जनज्ञान माध्यमिक विद्यालयका बालबालिकाको आज निःशुल्क मुटु परीक्षण  गरिएको  छ ।पल्मोनरी हाइपरटेन्सन एशोसियन नेपालद्वारा आयोजित कार्यक्रममा ४२७ बालबालिकाको मुटु परीक्षण गरिएको सो संस्थाका अध्यक्ष सम्झना खनाल गड्तौलाले जानकारी दिएकी थिइन् । 


शिविरमा काठमाडौं मेडिकल कलेज, वीरेन्द्र सैनिक र कान्ति बाल अस्पतालका चिकित्सकले परीक्षण र परामर्श दिएका छन्  ।  गाउँपालिकाका अध्यक्ष गोविन्द थपलियाले गाउँगाउँका बालबालिकालाई नियमित स्वास्थ्य परीक्षण र अभिभावकमा स्वास्थ्य सचेतना फैलाउन प्रयास  भैरहेको  बताए । 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend