धरान उपमहानगरपालिकाबाट प्रहरीले २६८ केजी अवैध लागूऔषध गाजा बरामद गरेका छन् । शनिबार राति उक्त लागूऔषध बरामद गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी भीषण बाबु राईले बताएका छन् ।
गाजाको भारी ल्याउने ११ जना फरार भएका छन् । उक्त गाँजा धनकुटाको सागुरीगढीबाट धरानको बाटो हुँदै भारततर्फ लैजाने तस्करले भरिया प्रयोग गरेको हुनसक्ने प्रहरीले भनेका छन् । डीएसपी राईले घटनाबारे थप अनुसन्धान जारी रहेको बताउँदै फरार भएका व्यक्तिलाई छिटै पक्राउ गरी कानुनी कारबाही अघि बडाउने बताएका छन् ।