सिमरा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको निर्वाचनमा युवराज न्यौपानेको नेतृत्वको प्यानल नै विजयी भएको छ।
आजको आवश्यकता सक्षम् नेतृत्व र आर्थिक पारदर्शीताको लक्ष्य लिएर चुनाबमा होमिएका न्यौपानेको प्यानलनै भारी मतान्तरका साथ बिजयी भएका हुन् ।
उक्त उपभोक्ता समितिको अध्यक्षमा युवराज न्पायौपानेले १११६ मतले बिजयी भएका हुन् ।
उनका प्रतिद्वन्दी पूर्ण चन्द्र तिमल्सिना ५९१ शशीकुमार गौतम २३३ राजकुमार भट्टराई २१५ प्रकास बहादुर क्षेत्रि ९०७ मत ल्याएका थिए ।
त्यसैगरी उपाध्यक्षमा हरिप्रसाद सिम्खडाले ११८७ मत ल्याएर उपाध्यक्षमा निर्वाचित भएका छन् भने सचिबमा ११७८ मत ल्याएर अमित बस्याल निर्वाचित भएका छन् । भने सहसचिबमा कृष्णकुमार रिमाल निर्वाचित भएका छन् ।
कोषाध्यक्षमा रामकुमार अर्याल महिला सदस्यमा दिलुमाया तामाङनी र शुष्मा पण्डित निर्वाचित भएका हुन् ।
यसैगरी खुला सदस्य तर्फ कल्पना कुमारी क्षेत्री, कृष्णकुमार श्रेष्ठ, जागेश्वर पौडेल, सुर्य शिह क्षेत्री बिजयी भएका छन् ।
उक्त समितिको निर्वाचनमा जम्मा खसेको मत ३३२० बदर भएको मत ९९ सदर भएको मत ३२२१ रहेको थियो ।






