असोज २९ गते २०८३ || October 15, 2026

रोनाल्वडोको बर्षौअघि देखाएजस्तै अद्भुत ओभरहेड गोल


सोमबार, मंसिर ८ २०८२०१:५०

रोनाल्वडोको बर्षौअघि देखाएजस्तै अद्भुत ओभरहेड गोल

पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो हाल चर्चामा आएका छन्।  साउदी प्रो लिगमा अल–नासरले अल–खलीजलाई ४–१ ले पराजित गर्ने क्रममा क्रिस्टियानो रोनाल्डोले वर्षौअघि देखाएजस्तै अद्भुत ओभरहेड गोल गरेका हुन्।

४० वर्षीय रोनाल्डोले रियाधस्थित अल–अव्वल पार्कमा खेलको इन्जुरी समयको छैटौं मिनेटमा नवाफ बुसहालको दायाँ विंगबाट आएको क्रसलाई पेनाल्टी क्षेत्रको बीचभागमै उफ्री ओभरहेड किकमार्फत गोलमा परिणत गरे।

यो गोल उनको करिअरको ९५४औं गोल हो। उक्त प्रहार २०१८ मा रियल म्याड्रिडका लागि युभेन्टसविरुद्ध च्याम्पियन्स लिगको क्वार्टर–फाइनलमा गरेकै प्रसिद्ध ʻबाइसाइकल किकʼको झल्को दिने खालको थियो।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend