असोज २९ गते २०८३ || October 15, 2026

डोनाल्ड ट्रम्पद्वारा इरानमाथि सम्भावित आक्रमण स्थगित, वार्तामा जोड


सोमबार, चैत ९ २०८२०५:४५

डोनाल्ड ट्रम्पद्वारा इरानमाथि सम्भावित आक्रमण स्थगित, वार्तामा जोड

डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच जारी तनाव अन्त्य गर्न कूटनीतिक प्रयास अघि बढाइएको बताएका छन्। उनले इरानका ऊर्जा संरचनामाथि हुने भनिएको सम्भावित सैन्य आक्रमण तत्कालका लागि स्थगित गरिएको जानकारी दिएका छन्।

उनका अनुसार दुवै पक्षबीच संवाद जारी छ र वार्ता सकारात्मक दिशामा अघि बढिरहेको छ। सामाजिक सञ्जालमार्फत उनले इरानसँग गहिरो छलफल सुरु भएको र केही दिनसम्म निरन्तर वार्ता चल्ने बताएका छन्।

ट्रम्पले सम्बन्धित निकायलाई केही समयका लागि सैन्य कारबाही रोक्न निर्देशन दिएको उल्लेख गर्दै यो निर्णय वार्ताको प्रगतिमा निर्भर रहने बताएका छन्।

लामो समयदेखि जारी तनावका कारण क्षेत्रीय अवस्था र विश्व अर्थतन्त्रमा दबाब बढिरहेको अवस्थामा कूटनीतिक समाधानतर्फ पहल गरिएको देखिएको छ।

 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend