असोज २९ गते २०८३ || October 15, 2026

डोनाल्ड ट्रम्पको शान्ति बोर्डमा सामेल हुन न्यूजील्याण्डलको अस्वीकार


शुक्रबार, माघ १६ २०८२०४:१३

डोनाल्ड ट्रम्पको शान्ति बोर्डमा सामेल हुन न्यूजील्याण्डलको  अस्वीकार

न्यूजील्याण्डले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति बोर्डमा सामेल हुन अस्वीकार गरेको छ। न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिनु भएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार क्रिस्टोफर लक्सनले इमेल गरिएको विज्ञप्तिमा भन्नुभएको छ ,'हामीले हालको रूपमा शान्ति बोर्डमा सामेल नहुने निर्णय गरेका छौं।'

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाका लागि 'बोर्ड अफ पिस' नामक संस्था गठन गर्नु भएको छ । बृहत् शान्ति पहलको एक भागको रूपमा गाजामा शासन,पुनर्निर्माण र लगानीको निरीक्षण गर्न बोर्ड सिर्जना गरिएको हो।

ट्रम्पले धेरै देशका नेताहरूलाई यस बोर्डमा सामेल हुन आमन्त्रित गर्नु भएको छ । टर्की, इजिप्ट, साउदी अरेबिया र कतार जस्ता मध्यपूर्वी देशहरू, साथै इन्डोनेसिया र पाकिस्तान पनि शान्ति बोर्डमा सामेल भएका छन्।

भारतलाई पनि यसमा सामेल हुन आमन्त्रित गरिएको छ। तर, भारत यसमा सामेल भएको छैन।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend