युएईमा जारी कपमा साउदी अरेबियाविरुद्ध नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो । डिसेम्बर १ सम्म हुने प्रिमियर कपमा नेपाल समूह ‘ए’ मा छ । उक्त समूहमा नेपालसहित हङकङ र साउदी अरेबिया छन् । यस प्रतियोगितामा १४ देश सहभागी छन् । शीर्ष ३ देश यू–१९ एशिया कपमा छनोट हुनेछन् ।