कात्तिक १ गते २०८३ || October 17, 2026

प्रधानमन्त्री प्रचण्ड भन्छन्-'अब भाषण कम,जनताको सेवा धेरै गर्ने प्रण गरेको छु'


पिपल अनलाइन
शनिबार, पुस १६ २०७९०३:११

प्रधानमन्त्री प्रचण्ड भन्छन्-'अब भाषण कम,जनताको सेवा धेरै गर्ने प्रण गरेको छु'

काठमाण्डौँ - सार्वजनिक कार्यक्रममा लम्बेतान भाषण गर्ने कम्युनिस्ट नेताहरू र आफ्नै समेत विगतलाई सच्याउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब भाषण कम,जनताको सेवा धेरै गर्ने प्रण गरेको बताएका छन् ।

चितवनको नारायणी नमूना माध्यमिक विद्यालयको हिरक महोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो बाँकी जीवन सुशासन र विकासको निम्ति समर्पित गरेको समेत बताए ।

करीव ४ मिनेटको भाषणमा उनले भने-मैले यो पटक हरेक दिन देशको पक्षमा,जनताको पक्षमा,सुशासन र विकासको पक्षमा काम गर्दै जाने र नेपाल र नेपाली जनताको आवश्यकतालाई सम्बोधन गर्दै जाने प्रतिबद्धता लिएको छ । 


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend