नेपाली कांग्रेसमा पार्टीको १५औँ महाधिवेशनलाई लिएर बढ्दै गएको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा नै सक्रिय भएका छन् । महाधिवेशनको मिति र प्रक्रिया तय गर्ने विषयमा पार्टीभित्र मतभेद बढिरहेका बेला देउवाले आफू निकटका वरिष्ठ नेता र पूर्वपदाधिकारीहरूलाई छलफलका लागि बोलाएका हुन्।
पार्टीभित्रको विवाद मिलाउन देउवाले आफैं अग्रसर भएको यस छलफलले देखाएको छ । देउवाको सक्रिय पहलमार्फत मतभेद कम गर्ने प्रयास गरिरहेको छ। जेनजी आन्दोलनपछि केही समय निस्क्रिय रहेका देउवा हाल पुनः सक्रिय बनेका छन् । उपचारको लागि विदेशपुगेर फर्किएपछि देउवाले पुनः सक्रियता देखाएका हुन् ।