काठमाडौं । शितला माध्यमिक विद्यालयले मंसिर १४ गते २०८२ (२५ नोभेम्बर २०२५) का दिन ECD–1 देखि कक्षा १२ सम्मका विद्यार्थीहरूलाई लक्षित गरी व्यापक दन्त स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न गरेको छ। विद्यार्थीहरूको मौखिक स्वास्थ्य सुधारलाई उद्देश्य बनाएर आयोजना गरिएको सो शिविरमा विद्यार्थीहरूले निःशुल्क दन्त परीक्षण, परामर्श तथा उपचार सेवाहरू प्राप्त गरेका थिए।
सो शिविर काठमाडौँ डेन्टल अस्पतालको प्राविधिक सहयोग र व्यावसायिक समन्वयमा सम्पन्न भएको थियो। अस्पतालका CEO दया सागर साहको नेतृत्वमा आएको प्राविधिक टोलीले अत्यन्त उत्कृष्ट सेवा प्रदान गर्दै विद्यालयलाई महत्वपूर्ण सहयोग पुर्याएको विद्यालयले जनाएको छ।
कार्यक्रमलाई काठमाडौ महानगरपालिका वडा नं १६ की वडाध्यक्ष श्रीमती रोजिना श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीमती शारदा सुवेदी, तथा अभिभावक–शिक्षक संघ (PTA) का अध्यक्ष श्री जगदीश बलामीले निरिक्षण गर्नुभएको थियो। उनीहरूले विद्यालयले गरेको प्रयास, व्यवस्थापन र शिविरको प्रभावप्रति अत्यधिक सकारात्मक प्रतिक्रिया व्यक्त गर्नुभयो।
यस सफल आयोजनामा शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र (KMC-16)का प्रशासनिक प्रमुख डॉ. दिपक खत्री, उमा कुमारी बस्नेतले विशेष योगदान पुर्याउनु भएको थियो ।
सो कार्यक्रममा शितला माध्यमिक विद्यालयकी नर्स शशि छत्कुली , नेपाल युबक माध्यमिक विद्यालयकी नर्स सुस्मिता हुमागाईं तरुण माध्यमिक विद्यालयकी नर्स गीता कुँवर सिद्धि गणेश माध्यमिक विद्यालयकी नर्स सुनीता सुन्दास जुद्धोदय माध्यमिक विद्यालयकी नर्स शशि कर्माचार्यको समेत उपस्थिति रहेको थियो । उनीहरूको समन्वय, पेशागत निष्ठा र मेहनतले दन्त स्वास्थ्य शिविरलाई अझ प्रभावकारी र सफल बनाएको विद्यालय परिवारले उल्लेख गरेको छ।
विद्यालयले आगामी दिनमा पनि यस्ता विद्यार्थी–मैत्री स्वास्थ्य कार्यक्रम निरन्तर सञ्चालन गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ।


